६ कार्तिक २०८३, शुक्रबार

सुस्तामा सयौँ कार्यकर्ता एमाले प्रवेश, ज्येष्ट कम्युनिष्ट कार्यकर्तालाई सम्मान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी पश्चिम, १० वैशाख । नेपाल कम्युनिष्ट पार्टी एमालेको ७४औं स्थापना दिवसका दिन नवलपरासी पश्चिमको सुस्तामा विभिन्न पार्टी परित्याग गरी डेढ सय भन्दा बढी नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ७४औं स्थापना दिवसको अवसरमा शुक्रबार सुस्ता गाउँपालिका कमिटीले एक कार्यक्रम गरी उनीहरूलाई एमालेका प्रवेश गराएको हो । नेपाली काङ्ग्रेस, जनता प्रगतिशील, जसपा र नेकपा माओवादीलगायत विभिन्न पार्टी परित्याग गरी उनीहरू नेकपा (एमाले)मा प्रवेश गरेका हुन् ।

स्थापना दिवसको अवसरमा नेकपा एमालेले स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धतापत्र पनि सार्वजनिक गरेको छ । सो अवसरमा ज्येष्ठ कम्युनिष्ट कार्यकर्तालाई सम्मान समेत गरिएको थियोे ।

गाउँपालिका कमिटी अध्यक्ष ज्ञानप्रसाद पाठकको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अतिथि नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य पुण्यप्रसाद पौडेललगायत नेतीराम चौधरी, जिल्ला सचिवालय सदस्य रामप्रसाद अर्याल, पालिका कमिटी इन्चार्ज धनबहादुर गुरुङ, सुस्ता गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डे, उपाध्यक्ष इन्द्रकुमारी थरुनी, युवराज डुम्रे, राजकुमार हरिजन, शितल अधिकारीलगायतको उपस्थिति थियोे ।

७४ वर्षअघि कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठको अगुवाइमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । निरंकुश जहानियाँ राणा शासनकै बेला विक्रम संवत् २००६ साल वैशाख ९ गते नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएको थियो ।