
रसुवा, ९ वैशाख । नेकपा (एमाले) रसुवाले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पाँचवटै स्थानीय तहमा अध्यक्ष तथा उपाध्यक्षका उम्मेदवारहरु टुंगो लगाएको छ ।
एमाले रसुवाका सचिव जर्नादन ढकालका अनुसार उत्तरगया गाउँपालिका अध्यक्षमा माधव अर्याल, उपाध्यक्ष चमेली गुरुङ, कालिका गाउँपालिका अध्यक्षमा कमलनाथ आचार्य र उपाध्यक्ष अम्बिका भट्ट पौडेललाई उम्मेदवार बनाइएको छ ।
त्यस्तै, नौकुण्ड गाउँपालिकाको अध्यक्षमा सिर्जना लामा र उपाध्यक्ष चन्द्रबहादुर तामाङ, गोसाइँकुण्ड गाउँपालिका अध्यक्षमा कैसाङनुर्पु तामाङ र उपाध्यक्ष प्रतिमा तामाङ, आमाछोदिङ्मो गाउँपालिकाको अध्यक्षमा तेम्ब्रेल तामाङ र उपाध्यक्षमा नविना लामा रहेको नेता ढकालले जनाए ।















प्रतिक्रिया