९ कार्तिक २०८३, सोमबार

प्रचण्डलाई छोरीको चिन्ता, निश्चिन्त बन्न भेटे देउवालाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

जिल्लाहरुमा गठबन्धन टुट्न थालेपछि देउवालाई भेट्न प्रचण्ड बालुवाटार पुगेका थिए ।

उनीहरुबीच निर्वाचनमा नगरपालिका र गाउँपालिकामा टिकट बाँडफाँडबारे छलफल भएको छ ।

विशेषगरी प्रचण्ड चितवनको भरतपुरमा आफ्नी छोरी रेणु दाहालको उम्मेदवारीमा समस्या नपरोस् भन्ने चाहन्छन् । त्यहाँ कांग्रेसले बागी उम्मेदवारीको तयारी गरिरहेका कारण रेणु दाहालको पराजय हुनसक्ने तर्फ त्रसित हुँदै प्रचण्डले कांग्रेस सभापति देउवाबाट निश्चिन्त हुन खोजेको देखिन्छ ।

२०७४ को स्थानीय तहको निर्वाचनमा पनि मतपत्र च्यातेर धाँधली गरेर निर्वाचित भएकी रेणु फेरि दोहोरिने भइसकेपछि चितवन कांग्रेस रुष्ट बनेको छ । महानगरका वडा सभापतिहरुले यसअघि नै केन्द्रको गठबन्धनबीच गरिने चुनावी तालमेल नमान्ने निर्णय गरिसकेको छ ।