
काठमाडौँ, ९ वैशाख । नेकपा एमाले भरतपुर महानगरपालिका कमिटीले स्थानीय निर्वाचनका लागि चुनावी प्रतिवद्धतापत्र जारी गरेको छ ।
शुक्रबार एमाले महानगरले प्रतिवद्धता पत्र जारी गरेको हो ।
महानगरबाट मेयरको उम्मेदवार एकल रुपमा विजय सुवेदी सिफारिस भएका छन् भने महानगरपालिकाको उपमेयरको उम्मेदवार टुंगो लगाएको छैन ।
सार्वजनिक घोषणापत्रमा एमालेले २० वर्षे दीर्घकालीन गुरुयोजना बनाउने र भरतपुरलाई देशकै विकासित शहरको रुपमा विकास गर्ने उल्लेख छ ।
भरतपुर विमानस्थनस्थलको स्थानान्तरणदेखि गौतमबुद्ध क्रिकेट रंगशालाको कामलाई पूर्णता दिनेसम्मका योजना एमालेले अगाडि सारेको छ ।
सबै जसो क्षेत्रलाई समेटेर एमालेले सर्वाजनिक गरेको गुरुयोजनामा भरतपुर–रामपुर–मेघौली तथा भरतपुर–गीतानगर–जगतपुर जस्ता महानगरका मुख्य रुटहरूमा ट्रली बस, ट्राम तथा सहरी रेल प्रणालीको सम्भाव्यताबारे अध्ययन गर्ने, भरतपुर विमानस्थललाई स्थानान्तरण गर्ने र उक्त स्थानलाई हरित क्षेत्र, उच्च प्रविधियुक्त व्यवसायिक क्षेत्र र खुला शहरी क्षेत्र (टुँडिखेल) का रुपमा उपयोग गर्ने विषयमा सम्भाव्यता अध्ययन गर्ने र उपयुक्त विकल्प कार्यन्वयन गर्न संघीय सरकारसँग समन्वय गर्ने एमालेको प्रतिवद्धता पत्रमा समेटिएका छन् ।
प्रकारको सेवा उपलब्ध हुने गरी सेवा विस्तार र प्रशासनिक व्यवस्थापन मिलाइने प्रतिवद्धता पत्रमा राखिएका छन् । आधारभूत स्वास्थ्य उपचार सेवा निःशुल्क गराउन सबै परिवारलाई समेट्ने गरी स्थानीय स्वास्थ्य बीमा लागू गर्ने, क्यान्सर रोगको रोगथाम, उपचार, अध्ययन, अनुसन्धानको लागि वीपी मेमोरियल क्यान्सर अस्पताल भरतपुरलाई उत्कृष्ट प्रतिष्ठान तथा अन्कोलोजी शिक्षण अस्पताल तथा अनुसन्धान केन्द्रको रूपमा विकसित गर्न समन्वय र सहजीकरण गर्ने, बागेश्वरीमा रहेको प्राकृतिक चिकित्सा केन्द्रलाई विस्तारित गरी १०० सैयाको बनाउने प्रत्येक वडामा प्रसूति कक्ष, आवश्यक स्वास्थ्यकर्मीसहित न्यूनतम १५ शैयाको अस्पताल व्यवस्था गर्नेएमालेले उल्लेख गरेको छ ।शारदानगरमा महानगरीय अस्पताल स्थापना गर्ने एमालेको योजना छ ।
भरतपुर महानगरको विकास मेयर रेनु दाहालले गरेको भनेर चर्चा भैरहदा एमालेले आफ्ना नेतृत्वको संघिय सरकार र प्रदेश सरकारले ल्याएको बजेट र भएका कामलाई एमालेले आफ्ना प्रतिवद्धता पत्रमा समेटेको छ ।
केपी ओली नेतृत्पको सरकारको पालामा सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत ८७ करोड ८८ लाख रुपैयाँलागतमा भरतपुरमा अन्तर्राष्ट्रिय स्तरको सिटीहल निर्माण भइरहेको, डिभिजन सडक कार्यालय भरतपुरअन्तर्गत पुल्चोकदेखि गोन्द्राङसम्मको राजमार्गमा ६ लेन सडक विस्तारको काम लागि एक अर्ब १२ करोड रूपैयाँमा ठेक्का सम्झौता भएको उल्लेख गरिएको छ ।
भरतपुरमा औद्योगिक प्रदर्शनी केन्द्र निर्माण, भरतपुर–माडी–ठोरी मार्ग विस्तार, दासढुङ्गामा पुल निर्माण, दासढुङ्गा र गाँजीपुरमा मदन स्मृति पार्क निर्माण, भरतपुर २९ को चौकीडाँडा बाटोको लागि २५ करोड बजेट विनियोजन, पाँच करोडको लागतमा विशाल चोक–गाईखर्क सडक निर्माण, ग्रामिण विद्युतीकरण, विद्यालयको पूर्वाधार निर्माण, गणेशधामलाई प्रमुख पर्यटकीय गन्तव्य बनाउने, पुंगीखोला तथा केरुङ्गा खोलालाई व्यवस्थित गर्ने बहुवर्षीय योजना, एमाले सांसद कृष्णप्रसाद भुर्तेलको समन्वय र पहलमा महानगरका ३३ वटा विद्यालय र ४ वटा क्याम्पसको पूर्वाधार निर्माणमा १४ करोड ५० लाख लगानी, भरतपुर वार्ड नं. २६,२७,२८ को नारायणी नदी किनारमा भविष्यमा बन्ने चक्रपथलाई सहयोग हुने गरी बहुवर्षीय योजना अन्तर्गत प्रारम्भ भएको सडकमा २९ करोड विनियोजन गराउने काम भएको प्रतिवद्धता पत्रमा उल्लेख छ ।















प्रतिक्रिया