९ कार्तिक २०८३, सोमबार

वीरगञ्जका १२५ जना जनप्रतिनिधिले दिए राजीनामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ वैशाख । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीसहित १२५ जना जनप्रतिनिधिहरुले राजीनामा दिएका छन् ।

उनीहरुले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न राजीनामा दिएका हुन् ।

महानगरपालिकाको ३२ वटा वडा मध्ये वडा नं. २, १४, १५ र १६ नम्बरका गरी ४ जना वडा अध्यक्ष निलम्बित छन् । २४ जना वडाध्यक्षहरु, ४ जना कार्यपालिका सदस्य र ९४ जना वडा सदस्यले राजीनामा दिएका छन् ।