९ कार्तिक २०८३, सोमबार

स्थानीय तहका उम्मेदवार भिजनसहित उठ्नुपर्छ: देवेन्द्र दाहाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ वैशाख । नेकपा (एमाले)का स्थानीय विकास विभागका प्रमुख तथा राष्ट्रियसभा सांसद देवेन्द्र दाहालले स्थानीय तहका उम्मेदवारहरुले भिजनसहितको प्रतिवद्धता पत्र ल्याउनुपर्ने बताएका छन् ।

शुक्रबार बत्तिसपुतलीस्थित नेकपा एमाले झापा काठमाडौं जिल्ला सम्पर्क मन्चको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले स्थानीय निर्वाचन जीवन र मरणको अवस्था भएको जनाउँदै जित्नका लागि व्यवस्थापकिय पक्षसँगै मतदाताको अवस्था बुझेर अघि बढ्नुपर्ने बताए ।

निर्वाचनमा स्थानीय तहको अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको पदमा उठ्नेले आगामी पाँच वर्षमा आफूले जितेको स्थानीय तहलाई कस्तो बनाउने भन्ने योजनासहित अघि बढ्नुपर्ने उनको भनाइ छ ।

अहिले पार्टीमा कुनै गुट नभएको भन्दै निर्वाचनमा करिब ६० प्रतिशत स्थानीय तह जित्ने गरि लाग्न सम्पर्क मंचका पदाधिकारीलाई उनले निर्देशन दिए ।