९ कार्तिक २०८३, सोमबार

देउवाकै क्षेत्रमा काँग्रेसमा विद्रोह, वडा सभापतिसहित ९१ जनाले सामूहिक राजीनामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी, ९ वैशाख । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसमा विद्रोह सुरु भएको छ ।

सत्तारुढ गठबन्धनको निर्णयमा तीव्र असन्तुष्टि जनाउँदै प्रधानमन्त्री शेरबहादुर देउवाकै नगरमा नेता कार्यकर्ताहरुले कांग्रेस त्यागेका छन् ।

कैलालीमा पनि वडा सभापतिसहितका ९१ जनाले सामूहिक राजीनामा दिएका छन् ।

जिल्लाको धनगढी उपमहानगरपालिका १८ का वडा सभापति भक्तबहादुर थापासहितका क्रियाशील सदस्यहरूले शुक्रवार काँग्रेसका विभिन्न निकायमा राजीनामा बुझाएका हुन् ।

सामूहिक राजीनामा दिनेहरूमा नेपाली कांग्रेस कैलालीका पूर्वजिल्ला सदस्य लक्ष्मीप्रसाद देवकोटा, पूर्वक्षेत्रीय उपसभापति कुम्भराज गिरी, पूर्व वडाध्यक्ष सालीभान खड्का लगायतका नेता कार्यकर्ता रहेका छन् ।

धनगढी उपमहानगरपालिका–१८ मा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रले उम्मेदवार उठाउने भएपछि कांग्रेसमा विद्रोह भएको छ ।