
काठमाडौँ, ९ वैशाख । दाङको एक मस्जिदमा नमाज पढिरहेका बेला अज्ञात समूहबाट भएको आक्रमणमा परी ८ जना घाइते भएका छन् ।
घाइते मध्ये एकजना गम्भीर रहेको प्रहरीले जनाएको छ ।
लमहीका स्थानीय मुस्लिम समुदायले सुनन्त फैजाने रजा मस्जिदमा केही अपरिचित व्यक्तिको समूहले धारिलो हतियार र ईंटा प्रहार गरेका थिए ।
लमही नगरपालिका– ५ का ६४ वर्षीय गुठे कुरेसी गम्भीर घाइते भएका छन् । उनको टाउकोमा गहिरोचोट लागेको छ । त्यस्तै सोही बस्नै ३३ वर्षीय अरसद अली, सवविर अली, ५२ वर्षीय मोहम्मद कासिम, २९ वर्षीय सकिल अली, ६५ वर्षीय दिल मोहम्मद मियाँ, २५ वर्षीय कमाल अली, ४२ वर्षीय मोहम्मद याकदिन अली घाइते भएका प्रहरीले जनाएको छ ।
घाइतेहरूमध्ये ४ जनाको लमही अस्पतालमा उपचार भइरहेको छ भने अन्य ४ जनाको जानकी मेडिकलमा उपचार भइरहेको बताइएको छ ।















प्रतिक्रिया