७ कार्तिक २०८३, शनिबार

एमाले घोषणापत्रः निरोगी नेपाल, स्वस्थ नेपालीदेखि मौलिक कला र संस्कृति, पर्यटन र समृद्धिसम्म

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ९ वैशाख । नेकपा (एमाले) स्थानीय निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार इतिहासकै सर्वाधिक गतिशील, उपलब्धिपूर्ण र सफल भएको बताएको छ ।

साढे तीन वर्षको अवधिमा ओली सरकारले संविधान र संद्धघीयताको सफल कार्यान्वयन गरेर विश्वमै नयाँ दृष्टान्त स्थापित गरेको, पृथकतावाद र हिंसाका चुनावी समाप्त पारेको, वाह्य सम्बन्ध सुदृढ बनाएको, लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित नेपालको नयाँ नक्सा प्रकाशित गर्नुका साथै त्यहाँ नेपालको प्रशासनिक स्वामित्व स्थापित गर्न कूटनीतिक पहल गरेको एमालेले बताएको छ ।

दिर्घकालीन र रणनीथिक महत्वका पूवर्नधार निमार्ण थालेको, भूकम्प प्रभावित करिव ८ लाख परिवारलाई सुरक्षित आवासमा फर्काएको, नेपाललाई विकासशील मुलुकमा स्तारोन्नतीका लागि सिफारिस गरेको, वाह्य लगानीमा ठूलो बृछि भएको र विश्वव्यापी सूचकांकहरुमा उल्लेख्य सुधार भएको एमालेले घोषणापत्रमा उल्लेख छ ।

यस्ता छन् एमालेका १७ प्रतिवद्धताः

गुणस्तरीय शिक्षाको आधार: प्राविधिक शिक्षाको विस्तार र सामुदायिक विद्यालयको सुधार

निरोगी नेपाल, स्वास्थ नेपाली

स्वच्छ खानेपानी, सफा बस्ती र राम्रो आनीबानी

आधुनिक उर्जाः उज्यालो पालिका

उन्नत कृषिः किसानको समृद्धि

सहज आवागमनको आधारः दिगो यातायात पूर्वाधार

एकीकृत वस्ती, योजनावद्ध सहरी विकासः विकसित पालिका, सुरक्षित आवास

औद्योगिकरण र आर्थिक वृद्धिः स्वदेशमै रोजगारी सम्मान र समृद्धि

उद्यामशीलता र रोजगारीः समृद्धिका लागि सहकारी

मौलिक कला र संस्कृतिः पर्यटनबाट समृद्धि

सबल राष्ट्रका लागि स्वस्थ र सिर्जनात्मक युवा

समानताको महिला यात्राः समाजवाद–उन्मुख राज्यको विशेषता

खुशी जेष्ठ नागरिक, सुखी बालबालिकाः अपाङ्गमैत्री सबै पालिका

जलवायु अनुकुलन र विपद् व्यवस्थापनः विकास र वातावरणबीच सन्तुलन

समुन्नत लोकतन्त्रको आधारः मेलमिलाप, न्याय र मानवअधिकार

संरचनागत तथा कानुनी सुधार र प्रभावकारी समन्वय

संस्थागत सुदृढीकरणः योजनावद्ध विकास