
काठमाडौँ, ९ वैशाख । नेकपा एमाले टोखा नगरकमिटीले आज टोखानगरको प्रतिबद्दता पत्र सार्बजनिक गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टीको ७४ औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहमा पार्टी बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले स्थानीय निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।
नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा बधाई दिदै देशको झन्डासधै उच्च बनाइ राख्ने प्रतिबद्दताका साथ अगाडी बढन सबै नेता र कार्यक्रतालाई उहाँले आग्रह गर्नुभयो ।
नेकपा एमाले टोखाले २०५४ साल भन्दा अघिका संगठित १२८ जना संगठीत सदस्यहरुलाई सम्मान गरेको छ। कम्युनिस्ट आन्दोलनलाई सघाएका उनीहरुलाई खादा र सम्मानपत्र दिएर सम्मान गरिएको हो । कार्यक्रममा प्रदेश कमिटिका प्रतिनिधि , जिल्ला , तथा नगर , वडा कमिटिका पदाधिकारी लगायतकोे उपस्थीती रहेको थियो ।


उक्त कार्यक्रमको बिचमा बोल्दै मेयर प्रकाश अधिकारीले २०७४ सालको निर्वाचनलाई सम्झदै ५७ जना जनप्रतिनिधिहरु निर्वाचनमा उतारिएकोमा ३९ जना नेकपा एमालेका उम्मेदवारले निर्वाचनमा निर्वाचित भएका कुरा उल्लेख गरे।
उनले थपे, टोखा नगरपालिकाले उदघोष गरेको प्रतिवद्धता पत्रलाई हामीले पालना गरका छौ र त्यसैको जगमा रहेर आगामी यो टोखा नगरपालिकाको समृद्धिको यात्रामा अवतार गराउनको लागी यो प्रतिवद्धता पत्रले कोसेढुङ्गा सावित गर्ने छ ।
कार्यक्रम टोखा नगरकमिटीका अध्यक्ष सत्यनारायणको अध्यक्षता र बच्चुराज बस्यालको संचालनमा भएको थियो ।















प्रतिक्रिया