
काठमाडौँ, ९ वैशाख । नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।
शुक्रबार ललितपुरको च्यासलको एक समारोहमा अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि जारी केन्द्रीय घोषणापत्रमा एमालेले मुलत ६ वटा संकल्पलाई अघि सारेको छ ।
१. हाम्रा जनप्रतिनिधि शासन होइन, जनताका सेवक हुनेछन्
२. हाम्रा जनप्रतिनिधिहरु सामाजिक जागरण र विकासका अभियान्ता हुनेछन् ।
३. हाम्रो नेतृत्पवमा रहेका पालिकाहरु सुशासनका नमुना बन्ने छन्
४. हाम्रा जनप्रतिनिधिहरुले आफूले कुनै भ्रष्टाचार गर्ने छैनन् र कडाईका साथ भ्रष्टाचार नियन्त्रण गर्ने छन् ।
५. हाम्रा जनप्रतिनिधिहरुले भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरुलाई कानुनी कारबाहीमा दायरामा पुर्याउन अग्रण भूमिका खेल्नेछन् ।
६. सदाचारको दृष्टान्त बन्ने ।















प्रतिक्रिया