
काठमाडौँ, ९ वैशाख । नेकपा एमालेको स्थानीय निर्वाचनका लागि घोषणापत्र जारी गरेको छ ।
एमालेले कम्युनिष्ट पार्टीको ७४ औँ स्थापना दिवसको अवसरमा निर्वाचनको आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो ।
त्यस्तै, आजै नयाँ पार्टी कार्यालय पनि उद्घाटन गरिएको छ । नेकपा एमालेको केन्द्रीय कार्यालय काठमाडौँको थापाथलीबाट ललितपुरको च्यासलमा सारिएको हो ।
एमाले अध्यक्ष केपी ओलीले नयाँ केन्द्रीय कार्यालयको उद्घाटन गरेका हुन् ।















प्रतिक्रिया