
काठमाडौँ, ९ वैशाख । नेपालका अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालन हुने भएका छन् ।
काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालनमा आउने भएका हुन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार कोरोना महामारीको प्रभाव कम हुँदै जाँदा राष्ट्रिय–अन्तर्राष्ट्रिय हवाई यात्रुको चाप बढ्दै जाँदा विमानस्थलहरुलाई समेत पूर्ण क्षमतामा चलाउने निर्णय भएको हो ।
कतिपय कम्पनीहरुले राती उडान रद्द गर्दा यात्रुहरुलाई समस्या भएको भन्दै पूर्णकालीन सञ्चालन गर्न लागिएको हो ।
नेपालमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारबाट अनौपचारिक रुपमा आन्तरिक उडान शुरु भएका छन् ।
प्राधिकरणका अनुसार रात्रिकालीन उडान हुने विमानस्थल भने अब १८ घण्टा चल्नेछन् । बिहान ६ बजे खुल्ने विमानस्थलहरु राति १२ बजे बन्द हुनेछन् ।
यी विमानस्थलमा हुनेछन् रात्रीकालीन उडानः
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
धनगढी विमानस्थल
नेपालगञ्ज विमानस्थल
सिमरा विमानस्थल
जनकपुर विमानस्थल
विराटनगर विमानस्थल
भद्रपुर विमानस्थल















प्रतिक्रिया