२ कार्तिक २०८३, सोमबार

युद्धले गर्दा जनता भोकभोकै हुँदा युक्रेनी शहर ओलेश्कीका मेयर मोजमस्तीमा (भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

युक्रेनको ओलेश्की शहरका मेयर येभ्गेनी रिश्चुकले युद्धग्रस्त शहरमा मोजमस्ती गरेको भिडियो सार्वजनिक भएको छ । युद्धका कारण जनता भोकभोकै परेको भए पनि मेयर आफ्नो विलासतिामा रमाइरहेका भेटिए ।

ओलेश्कीमा अस्थायी प्रशासन चलाइरहेका रुसी सैनिकहरू रिश्चुकको घर पुग्दा विलासिताका अनेकौं वस्तु देखेर छक्क परेका थिए । उनको घरमा होटल, रेस्टुराँ, घोडा कुदाउने ठाउँ, रंगशाला, मयूरहरू, स्विमिङ पूल, स्पा र अन्य धेरै कुराहरू भेटिए । उनको विलासी भिल्लाबाहिर गाउँ भने युद्धले क्षतिग्रस्त भएको छ ।

रुसी सैनिकहरू घर पुग्दा मेयर रिश्चुक त्यहाँबाट भागिसकेका थिए । उनी कतै लुकिरहेको उनको भिल्ला चलाउने कर्मचारीहरूले बताए ।

स्थानीय बासिन्दाहरूको आक्रोशको शिकार बन्नुपर्ला भनी मेयर भागेका हुन सक्ने अनुमान गरिएको छ । –एजेन्सी

https://youtu.be/KEkw6RfsMBw