१० कार्तिक २०८३, मंगलबार

विराटनगरका १३ जनप्रतिनिधिद्वारा राजीनामा (सूचीसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, ८ वैशाख । विराटनगर महानगरपालिकाका १३ जना जनप्रतिनिधिहरुले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको उम्मेदवारी दिनका लागि पदबाट राजीनामा दिएका छन् ।

महानगरपालिकाका अनुसार बिहीबार विराटनगरका ४ वडाध्यक्षसहित १३ जनप्रतिनिधिले राजीनामा दिएका छन् ।

राजीनामा दिनेहरुमा विराटनगर ११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपाने, १० का वडाध्यक्ष माधवराज वाग्ले, १४ का वडाध्यक्ष वलदेव यादव, १९ का वडाध्यक्ष बद्रीनारायण सरदार रहेका छन् । त्यसैगरी, सदस्यहरुमा विजय दाहाल, केवलराय अमात, राधादेवी पासवान, राजनन्द महतो, नागेश्वर राजवंशी, सम्झना भुजेल, विनादेवी सरदार, जितेन्द्र खवास, विनादेवी मण्डल धानुक रहेका छन् ।

विराटनगर महानगरपालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य र वडासदस्यहरु सहित ९७ जनप्रतिनिधि छन् । गत मंगलबार सर्वोच्च अदालतले बहालवाला जनप्रतिनिधिले चुनावमा उम्मेदवारी दिन राजीनामा गर्नै पर्ने आदेश दिएको थियो ।