१० कार्तिक २०८३, मंगलबार

पोखराको मेयरमा प्रदेश सांसदलाई उम्मेदवार नबनाउने एमालेको निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ वैशाख । नेकपा (एमाले)ले पोखरा महानगरपालिकाको मेयरमा प्रदेशसभाका सदस्यलाई उम्मेदवार नबनाउने निर्णय गरेको छ ।

बिहीबार भएको केन्द्रीय सचिवालय बैठकले महानगरको मेयरका लागि सिफारिस भएका १२ जनामध्ये २ प्रदेशसभाका सदस्यलाई उम्मेदवार नबनाउने निर्णय गरेको हो ।

सचिवालय बैठकले गण्डकी प्रदेशमा कुनै पनि बेला सरकार परिवर्तन हुनसक्ने र त्यसमा एक सांसदमात्र तलमाथि हुँदा पनि एमालेको सरकार बन्ने भएकाले प्रदेश सांसदलाई मेयर नबनाउने निर्णय गरेको हो ।

मेयरमा प्रदेशसभा सदस्य कृष्ण थापा र राजिव पहारीको नाम सिफारिस भएको छ ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले गण्डकीमा मात्र नभएर लुम्बिनीमा पनि प्रदेश सांसदलाई मेयर उपमेयरमा टिकट नदिइने जानकारी दिए ।