७ कार्तिक २०८३, शनिबार

महानगर र उपमहानगरका मेयर र उपमेयरको उम्मेदवारबारे यस्तो छ एमालेको निर्णय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ वैशाख । नेकपा (एमाले)को सचिवालय बैठकले आगामी स्थानीय तहको निर्वाचनमा ६ वटै महानगरपालिका र ११ उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखका उम्मेदवारको नामबारे छलफल गरेको छ ।

बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको बैठकमा महासचिव शंकर पोखरेलले सात वटै कमिटीबाट सिफारिस भएका नामहरु प्रस्तुत गरेका एमाले उपमहासचिव एवं प्रचार तथा प्रकाशन बिभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी गराएका छन् ।

शनिबार बस्ने बैठकबाट महानगर र उपमहानगरका प्रमुख–उपप्रमुखको निर्णय गर्ने निष्कर्ष निकालिने जनाइएको छ ।

गुरुङका अनुसार ललितपुर, भरतपुर र बीरगञ्ज महानगरमा एक जनाको मात्रै नाम सिफारिश भएको छ । अन्यमा भने थुप्रैको नाम आएको छ ।

बैठकले शुक्रबार पार्टीको नयाँ कार्यालयबाट चुनावी घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरेको छ । पार्टी स्थापना दिवसको कार्यक्रमबारे निर्णय भएको छ ।

जसअनुसार पार्टी केन्द्रीय कार्यालय उदघाटन गर्ने, त्यसपछि चुनावी घोषणापत्र सार्वजनिक गर्ने र कम्युनिष्ट योद्धालाई सम्मान गर्ने कार्यक्रम तय भएको छ । बैठकले गण्डकी प्रदेशको हकमा सरकार बनाउन सक्ने आधार रहेको भन्दै कुनै पनि प्रदेश सांसदलाई स्थानीय तहको उम्मेदवार नबनाउने निर्णय गरेको छ ।