
ललितपुर, ८ वैशाख । ललितपुर महानगरपालिका-६ स्थित पाटन औद्योगिक क्षेत्रभित्र रहेको सागरमाथा अक्सिजन प्रालिमा अक्सिजन भर्ने क्रममा अचानक अक्सिजन सिलिण्डर बिहीबार बिहान विष्फोट हुँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा उक्त प्लान्टमा काम गर्ने भारत पश्चिम चम्पारम रतनपुरुवा गाउँ घर भएका ४५ वर्षीय बृज महतो र ललितपुर महानगरपालिका-१८ बस्ने भारत घर भएका २५ वर्षीय राज कुमार महतो रहेका छन् । बृज महतोको घटनास्थलमै र राज कुमारको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै उक्त घटनामा घाइते भएका अन्य ६ जना पाटन अस्पताल र ग्वार्खोस्थित बि एन्ड बि अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएका छन् । घटनास्थलमा तत्काल प्रहरी टोली पुगी उद्धार कार्य गर्नुका साथै घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया