
काठमाडौँ, ८ वैशाख । नेकपा (एमाले) शुक्रबार (भोलि)देखि नयाँ पार्टी कार्यालयमा सर्दैछ ।
एमालेले ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा पार्टी स्थापना दिवसको अवसर पारेर सर्न लागेको हो ।
एमालेले नयाँ पार्टी कार्यालयबाटै स्थानीय निर्वाचनको घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।
पार्टी कार्यालयमा पदाधिकारीहरुको कार्यकक्ष निर्माण भइरहेको छ । कार्यालयमै २०० जनासम्म अट्ने सभाहल रहने कार्यालय सचिव भीष्म अधिकारीले बताएका छन् ।















प्रतिक्रिया