
काठमाडौँ, ८ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले र सूर्य चिह्न सिध्याएर खान हिँडेकाहरुको थुतुनो जलेको बताएका छन् ।
बिहीबार केन्द्रीय सल्लाहकार परिषदको प्रथम बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
उनले तत्कालिन नेकपाका नेताहरु माधव नेपाल र प्रचण्डलाई लक्षित गर्दै कटाक्ष गरेका हुन् । ‘एमालेको सूर्य सिध्याउँछु भनेर खान हिँडेकाहरूको थुतुनो जलेको छ’,
उनले आफूविरुद्ध १९ पृष्ठे आरोप लगाइएको बताउँदै ओलीले नेकपाको एकता जोगाउने प्रयास गरे पनि सफल नभएको बताए ।
उनले २८ वर्षसम्म एमालेमा हिँडेकाहरु एमाले सिध्याउँछौँ भनेर लागेको बताए । ‘हामी विशेष परिस्थिति र अत्यन्तै सफलताका साथ अघि बढिरहेका छौ । चुनौति र व्यवधान खडा गर्न खोजिएको छ’, अध्यक्ष ओलीले भने ।















प्रतिक्रिया