१० कार्तिक २०८३, मंगलबार

गठबन्धनको तालमेलले कांग्रेसमा चरम विवाद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ वैशाख । सत्तारुढ दलहरुबीच भएको चुनावी तालमेल र भागगण्डाका कारण नेपाली कांग्रेसमा चरम विवाद उत्पन्न भएको छ ।

पार्टीको स्थानीय नेता कार्यकर्ताहरुको भावनाविपरित कांग्रेस एक्लैले लड्दा समेत जितिने स्थानहरु अन्य पार्टीलाई दिने निर्णयको कांग्रेसमा चौतर्फी विरोध भएको छ ।

पार्टी सभापति तथा प्रधामन्त्री शेरबहादुर देउवाले गण्डकी प्रदेशका पार्टी सभापति र जिल्ला सभापतिलाई समेत किनारा लगाउँदै नेकपा एकीकृत समाजवादीलाई पोखरा महानगरपालिकाको मेयर पदमा प्रस्ताव गरिएको भन्ने सञ्चारमाध्यमबाट जानकारी भएपछि अनपेक्षित भएको स्थानीय भएको बताए ।

मेयर पद अन्य पार्टीलाई दिने निर्णय पुनर्विचार गर्न केन्द्रीय समितिलाई कांग्रेस जिल्ला सचिव भानु ढकालले बताए ।

कास्कीका नेताहरुले आफूहरुले बागी उम्मेदवारी दिनेसम्मको चेतावनी दिइसकेका छन् । त्यस्तै, जनकपुर नगर समितिले पनि गठबन्धनको निर्णय नमान्ने घोषणा गरिसकेको छ । उता विराटनगरमा पनि तीव्र असन्तुष्टि देखिएको छ । गठबन्धनको निर्णयअनुसार निर्वाचनमा जाँदा गठबन्धनका दलहरुलाई नै भारी पर्ने स्थिति देखिएको छ । विशेषगरी कांग्रेसको एउटा ठूलो हिस्साले एक्लै निर्वाचन लड्नुपर्ने बताउँदै आए पनि नेतृत्वले एक्लै निर्णय गरेको छ ।

कांग्रेस नेता डा. शेखर कोइरालाले कांग्रेसले कसैको वैशाखी टेक्नु नपर्ने बताउँदै चुनावी तालमेलको विरोध गरेका छन् । त्यस्तै, नेता गगन थापाले पनि कतिञ्जेल कांग्रेस कम्युनिष्टसँग डराउने भन्दै एक्लै लड्नुपर्ने बताउँदै आएका छन् ।