१० कार्तिक २०८३, मंगलबार

बाल यौन दुर्व्यवहार गरेको अभियोगमा एकजना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, ८ वैशाख । बाल यौन दुर्व्यवहार गरेको अभियोगमा ललितपुर महानगरपालिका-२८ हरिसिद्धी बस्ने बारा निजगढ नगरपालिका-७ घर भएका २८ वर्षीय राजेन्द्र घिमिरेलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

घिमिरेले ९ वर्षीया बालिकालाई आफ्नो कोठामा लगि मोबाइल खेलाउन दिई बाल यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।