६ कार्तिक २०८३, शुक्रबार

वीरगञ्ज महानगरमा एमाले र लोसपाले गरे चुनावी तालमेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, ८ वैशाख । आसन्न स्थानीय तह निर्वाचनका लागि वीरगञ्ज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पाटीं (लोसपा)बीच चुनावी तालमेल गरेका छन् ।

एमाले पर्साका अध्यक्ष जयप्रकाश थारु र लोसपाका अध्यक्ष पुरुषोत्तम लाल झाबीच आज बिहान यससम्बन्धी समझदारी जुटेको हो । सहमतिसँगै अब महानगरपालिकामा दुई दल मिलेर चुनाव लड्ने भएका छन् ।

सहमतिअनुसार महानगरपालिकाको प्रमुखमा नेकपा एमाले र उपप्रमुखमा लोसपाबाट उम्मेदवारी दिइने भएको छ ।

समृद्ध वीरगञ्जको सपनालाई साकार पार्न तथा वीरगञ्जको विकास र समृद्धिका लागि गरिएको यो समझदारीलाई आफ्नो सार्वभौम मतको उपयोग गरी निर्वाचनमार्फत अनुमोदन गरिदिन महानगरवासीमा उनीहरूले अपिल समेत गरेका छन् ।