
काठमाडौं, ८ वैशाख । वेस्ट इण्डिज क्रिकेट टोलीका कप्तान केइरन पोलार्डले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।
आक्रामक ब्याटिङ र मध्यगतिको बलिङ गर्ने खेलाडीका रुपमा चिनिएका ३४ वर्षीय पोलार्डले हिजो बुधबार सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेका हुन् ।
पोलार्डले वेस्ट इण्डिजका लागि १२३ एकदिवसीय र १०१ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले वेस्ट इण्डिजका लागि टेस्ट भने खेलेनन् ।
उनले अहिले मुम्बई इण्डियन्सबाट आईपीएल खेलिरहेका छन् ।















प्रतिक्रिया