
जनकपुर, ७ वैशाख । बालुवाटारमा सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले जनकपुरधाम उपमहानगरपालिकाका मेयर जनता समाजवादी पार्टी (जसपा) लाई दिने निर्णय नमान्ने कांग्रेस नगर सभापति मनोज साहले जनाएका छन् ।
केन्द्रीय शीर्ष नेताहरुले जनकपुरको मेयर जसपालाई दिने निर्णय नमान्ने साहले चेतावनी दिएका हुन् ।
जनकपुरधामको मेयर जसपालाई दिने निर्णय आपत्तिजनक भएको साहको जिकिर छ ।
गठबन्धनको यो निर्णय मधेशमा कांग्रेस सिध्याउने निर्णय भएको बताउँदै साहले नसच्याए कठोर निर्णय गरेर अघि बढ्ने चेतावनी दिए । उनले बिहीबार केन्द्रीय नेताहरुसँग छलफल गरेर आवश्यक परे कठोर निर्णय लिने स्पष्ट पारे ।
उनले जसपाका हालका मेयर लाल किशोर साहले करोडौँ अनियमितता गरेको आरोप लगाउँदै फेरि तिनैलाई मेयर मान्न नसकिने कांग्रेसको ठहर छ ।
त्यस्तै, धनुषा जिल्ला कांग्रेस सभापतिले समेत केन्द्रीय गठबन्धनले गरेको यो निर्णयप्रति आपत्ति जनाए ।















प्रतिक्रिया