११ कार्तिक २०८३, बुधबार

मेयर नपाए हटौँडा कांग्रेसले एकल उम्मेदवारी दिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ७ वैशाख । सत्तारुढ गठबन्धनका नेताहरुबीच बालुवाटार चुनावी तालमेलको सहमति भएपनि भूगोलमा भने दलहरुबीच विवाद चर्किन थालेको छ ।

हेटौँडा उपमहानगरपालिकामा कांग्रेसले मेयर पद पाउनुपर्ने अडान कायमै राखेको छ ।

शीर्ष नेताहरुबीच भएको सहमतिलाई उपमहानगर कांग्रेस समितिले असहमति जनाएको हो ।

गठबन्धनबीचको सहमतिले नेपाली कांग्रेसका कार्यकर्ताको मनोभावनामा ठेस पुगेको, गठबन्धनको आवश्यकता र औचित्य पूरा हुन नसक्ने भन्दै कांग्रेसले निर्णयलाई पनरावलोकन गरी कांग्रेसले मेयर पद पाउने गरी गठबन्धन दलहरुबीच सहमति गर्न माग गरेको छ ।

निर्णयलाई सच्याएर हेटौँडामा मित्रवत प्रतिस्पर्धा गर्नुपर्ने नेताहरुले माग गरेका छन् ।

हेटौंडा उपमहानगरपालिका समितिका नगर सभापति उत्सव इटनीले विज्ञप्ति जारी गरी नगर समितिका पदाधिकारी र सबै वडाका सभापतिको बैठकले मेयरको टिकट नपाए एकल उम्मेदवारी दिने निर्णय भएको जनाएका छन् ।

यस्तो छ विज्ञप्तिः