
काठमाडौँ, ७ वैशाख । केही महानगरपालिका र उपमहानगरपालिकामा भागवण्डा नमिलेपछि सत्तारुढ गठबन्धनको बैठक लम्बिएको छ ।
मंगलबार केही महानगर र उपमहानगरमा सहमति जुटाएको गठबन्धनमा नेपालगञ्ज उपमहानगरपालिकाको नेतृत्वको विवाद नमिलेपछि वुधबारको बैठक लम्बिएको हो ।
वुधबार विहान ११ बजे बस्ने भनिएको ढिला गरी सुरु भएको थियो ।
नेपालगञ्जको नेतृत्व नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले दाबी गरेपछि सहमति हुन नसकेको नेताहरुले बताएका छन् ।
जनकपुरमा पनि गठबन्धनबीच विवाद नटुंगिएको एक नेताले दैनिक नेपाललाई जानकारी दिएका छन् ।
वुधबारको बैठकमा कांग्रेस र जसपाले नेपालगञ्ज र जनकपुरमा आफ्नो दावी नछोडेका कारण विवाद नमिलेको हो ।
जसपाले जनकपुर लिन तयार भए पनि कांग्रेसले जनपुर छोड्न नमानेको बताइएको छ ।















प्रतिक्रिया