७ कार्तिक २०८३, शनिबार

मधेशमा बलियो बन्दै एमाले, मैथिली ब्राह्मण समाजका अध्यक्ष झासहितको टोली एमालेमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ वैशाख । नेकपा एमालेमा देशैभर क्रेज बढीरहँदा मधेश पनि एमालेमय हुन थालेको छ ।

यसै क्रममा मधेशका केही जिल्लाको राजनीतिमा निर्णायक प्रभाव राख्ने मैथिली ब्राह्मण समाजका अध्यक्ष भगवान झा नेकपा एमालेमा प्रवेश गरेका छन् ।

मंगलबार साँझ अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेर अध्यक्ष झा एमालेमा प्रवेश गरेका हुन् ।

उनीसँगै प्रसन्न कुमार झा र प्राध्यापक डा. विजय झा पनि एमालेमा प्रवेश गरेका छन् ।

यससँगै मधेस प्रदेशमा प्रभावकारी सञ्जाल रहेको मैथिली ब्राह्मण समाजले धनुषामा वृहत् एमाले पार्टी प्रवेश कार्यक्रमको आयोजना गर्ने भएको छ । सञ्जालको २८ जिल्लामा संगठन रहेको झाले बताए ।

धनुषा, महोत्तरी र सर्लाहीमा बढी प्रभाव राख्ने सन्जालले महन्थ ठाकुरलई चुनाव जिताउन मुख्य भूमिका खेलेको थियो ।

पार्टी प्रवेश कार्यक्रममा महासचिव शंकर पोखरेल, नेता भानुभक्त ढकाल, मोति दुगड लगायतका नेता सहभागी थिए ।