
काठमाडौँ, ६ वैशाख । सत्तारुढ गठबन्धनले नेकपा एकीकृत समाजवादीलाई पोखरा महानगरपालिकाको मेयर दिने सहमति गरेको छ ।
मंगलबार गठबन्धनको बैठकले यस्तो निर्णय गरेको हो । तर पोखरा महानगरका कांग्रेस नेताहरुले भने त्यसको विरोध गरेका छन् । महानगरको मेयर आफैँले राख्नुपनर्ने दावी गर्दै उनीहरुले नेतृत्व समक्ष प्रस्ताव राखेका हुन् ।
मंगलबार सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पोखराका कांग्रेस नेताहरुलाई बालुवाटारमा बोलाएर बाध्यता बुझ्ना आग्रह गरेका थिए ।
उनीहरुले आफ्नो ६० हजार मत खन्याएर अर्को जिताउन नसकिने स्पष्ट पारेका छन् ।
उनीहरुले नेतृत्वले पोखराको वस्तुस्थिति बुझ्ने विश्वास व्यक्त गरे पनि मंगलबार नै ६ महानगरपालिकामध्ये ३ वटा कांग्रेसले लिने र अन्य तीन वटा माओवादी केन्द्र, जसपा र नेकपा एसलाई दिने निर्णय भइसकेको छ ।















प्रतिक्रिया