११ कार्तिक २०८३, बुधबार

एमाले र लोसपाबीच वीरगञ्जमा तालमेल हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ वैशाख । नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच वीरगञ्ज महानगरपालिकामा चुनावी तालमेल हुने भएको छ ।

दुई दलबीचको निरन्तर छलफलले तालमेल गर्ने अनौपचारिक सहमति गरेको छ ।

स्थानीयस्तरमा करिब सहमति भइसके पनि शीर्ष नेताहरुसँगको छलफलले अन्तिम रुप दिने बताइएको छ ।

एमाले केन्द्रीय सदस्य एवं पर्सा सहइन्चार्ज अरविन्द सिंह पनि तालमेलबारे छलफल भइरहेको बताए ।

एमालेले विजय सरावगीलाई वीरगञ्जको मेयरको रुपमा उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

गएको २०७४ सालको स्थानीय निर्वाचनमा जसपाबाट सरावगीले मेयरमा विजय हासिल गरेका थिए । उनी गत फागुन २८ मा एमाले प्रवेश गरेपछि एमालेले पनि उनलाई नै मेयरको उम्मेदवार बनाउन लागेको हो ।

लोसपाले उपमेयरमा उम्मेदवारी दिन लागेको बताइएको छ । यसरी हेर्दा दुई दलबीच चुनावी तालमेलको सम्भावना बढेको देखिन्छ ।