११ कार्तिक २०८३, बुधबार

गठबन्धनको विरोध गर्दै कांग्रेस कार्यकर्ताले लगाए पार्टी कार्यालयमा ताला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ वैशाख । हेटौँडा उपमहानगरपालिकामा गठबन्धनको विरोध गर्दै कांग्रेस कार्यकर्ताहरुले पार्टी कार्यालयमा ताला लगाएका छन् ।

कांग्रेसको एउटा पक्षले गठबन्धन गर्न नहुने भन्दै हेटौंडा उपमहानगरपालिका समितिको बैठक चलिरहेका बेला तालाबन्दी गरेका हुन् ।

बैठकमा उपमहानगरपालिका समितिका सभापतिसहित १९ वटै वडाका प्रतिनिधिहरु थिए ।

उनीहरुले गठबन्धन गर्दा पार्टीले पाउने महत्वपूर्ण पद गुमाउनुपर्ने भन्दै त्यसको विरोध गरेका हुन् ।