४ कार्तिक २०८३, बुधबार

सडकमाथिबाट खसेको ढुङ्गा लागेर मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा, १२ वैशाख । पाल्पा सदरमुकाम तानसेनबाट बुटवलतर्फ जाँदै गरेको मोटरसाइकल माथि एक्कासि ढुङ्गा खस्दा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सिद्धार्थ राजमार्गको मदनपोखराको डुम्रे सडकखण्डमा मोटरसाइकल गुडिरहेको अवस्थामा एक्कासि माथिबाट ढुङ्गा खसेपछि मोटरसाइकल चालक मदनपोखरा ३ डाँडाथोकका अमृत श्रेष्ठको टाउकोमा लागेपछि घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक प्रकाश सिम्खडाले जानकारी दिनुभयो ।

लु२०प ४३८२ नम्बरको मोटरसाइकल पछाडि बसेका मदनपोखरा–३ का २४ वर्षीय अन्जु सारु सामान्य घाइते भएकी छन् ।

श्रेष्ठको शव परीक्षणका लागि जिल्ला अस्पताल तानसेन लगिएको छ ।