२ कार्तिक २०८३, सोमबार

विपक्षी तीस दलीय मोर्चामा गद्दार को को हुन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Morcha Meeting Held on Sundayकाठमाडौं, १२ वैशाख । एमाओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चामा एकले अर्कोलाई धोखा दिएर गद्दारी गरेको भन्दै आरोप-प्रत्यारोप चलेको छ।

एमाओवादी संसदीय दलको कार्यालयमा शुक्रबार बसेको मोर्चाको बैठकमा पनि यसले निरन्तरता पायो।

मोर्चामा आबद्ध मधेस केन्द्रित केही दल र जनजाति पृष्ठभूमिका दलले आन्दोलन फिर्ता लिएको भन्दै एमाओवादी नेतृत्वलाई गद्दारुको आरोप लगाए भने एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूलाई धोका भएको बताए।

संविधान सहमतिमा बनाउन सत्तासीन दललाई दबाब दिने भन्दै गठबन्धनले आन्दोलनका कार्यक्रमअन्तर्गत चैतमा तीनदिने बन्द आह्वान गरेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

पहिलो दिन बन्द भए पनि दोस्रो र तेस्रो दिनको बन्द फिर्ता लिइएको थियो।

गठबन्धनको संयोजकका हैसियतले दाहालले बाँकी दुई दिनको बन्द फिर्ता लिएका थिए।

यही विषयलाई लिएर गठबन्धनमा चलेको जुहारीका कारण दुई सातासम्म बैठक बस्न सकेको थिएन।

मोर्चाको शुक्रबारको बैठकमा मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बन्द कार्यक्रम फिर्ता लिएर धोका दिएको बताएका थिए। उनले बन्द फिर्ता लिनुको आवश्यकता र औचित्य पुष्टि गर्न दाहाललाई चुनौती दिए।

उनले दाहालप्रति कटाक्ष गर्दै भने, ‘बन्द फिर्ता लिन भन्दै बसेको बैठकमा चारतिर कब्जाको शैलीमा आफ्ना मान्छे राख्दै हाउभाउ शैलीमा एकपक्षीय निर्णय गर्नु आन्दोलनप्रतिको सबैभन्दा ठूलो गद्दारी हो।’