२ कार्तिक २०८३, सोमबार

हलिउड अभिनेत्रीले भनिन्, ‘काठमाडौंको बाटो काट्न सक्दिन’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

michelle_yeoh-005काठमाडौं, १२ वैशाख । तपाईहरू यहाँ (काठमाडौं) को सडकमा हिडा सुरक्षित महशुस गर्नु हुन्छ, हलिउड अभिनेत्री मिचेल योहले प्रश्न गरिन् । र, आफैले उत्तर दिइन्, आज म यहाँको सडकमा कारबाट घुमे । म काठमाडौंको सडक काट्न सक्दिन ।

आफ्ना पति अन्तर्राष्ट्रिय अटोमोबाईल महासंघ (एफआईए) का अध्यक्ष जोन टोडसँग आएकी मिचेल बालबालिकासँग सडक सुरक्षा सद्भावना दुतसँगको अन्तरक्रियामा शक्रुबार बेलुकी बोलिरहदा नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा उपस्थित विभिन्न स्कुलका साना भाईबहिनी, अपांगता भएका व्यक्तिहरू, सरकारी निकायका अधिकारी ध्यान दिएर सुनिरहेका थिए ।

मिचेलले विभिन्न स्कुलका करिब ५० बालबालिकासँग अन्तरक्रिया गरिन् ।

उनीहरूले सडक सुरक्षाका बारेमा गरेको सुनासो सुनेको कान्तिपुर दैनिकले छापेको छ ।

बालबालिकाले गरेको जेब्राक्रसिङ, ट्राफिक लाईट, आकाशे पुल, स्पिड ब्रेकर, लाइसेन्सको प्रक्रिया, हेलमेट लगाउने, सिटबेल्ट, फुटपाथ लगायतका समस्याको मिचेलले ध्यान दिएर सुनिन् ।