११ कार्तिक २०८३, बुधबार

रिटर्नी फेडेरेशन भक्तपुरद्वारा निर्वाचन परिचालन कमिटी गठन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ वैशाख । नेकपा (एमाले)को कान्छो जनसंगठनको रुपमा रहेको रिटर्नी फेडेरेशनको भक्तपुर जिल्ला कमिटीको निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

फेडेरेशनले बासुदेव त्रिपाठीको संयोजकत्वमा १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको हो ।

सोमबार सुर्यविनायकका आयेजित एक कार्यक्रममा किमिटी गठन गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेको नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटी अध्यक्ष वचन देउजाले आगामी स्थानीय तहको निर्वाचनमा भक्तपुरका ४ वटै नगरपालिका र वडाहरुमा एमालेका उम्मेदवारहरुलाई जिताउन रिटर्नी फेडेरेशन भक्तपुरले विशेष भूमिका खेल्नुपर्ने बताए ।

त्यस्तै, कार्यक्रममा झापा काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष सुरज काफ्लेले झापाबाट भक्तपुरमा आएर बसोबास गर्ने महानुभावहरु लगायतलाई जिल्ला कमिटी भक्तपुरले समेट्नुपर्ने साथै रिटर्नी फेडेरेशनले विदेशमा रहेका ज्ञान सीपलाई नेपाली जनताको आर्थिक उत्थानमा लगाउनुपर्ने, पार्टीका आधिकारिक सूर्य ध्वजावाहक उम्मेदवारलाई जिताउन फेडेरेशनले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए ।

कार्यक्रममा दिनेशकुमार लुइँटेल, शान्तिराम थापा, भरत संग्रौलाहरुको उपस्थिति रहेको थियो ।