२ कार्तिक २०८३, सोमबार

ब्राजिलमा कोरोनाभाइरस सम्बन्धी प्रतिबन्धात्मक व्यवस्था हटाइयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ब्रासिलिया, ५ बैशाख । ब्राजिलमा कोरोनाभाइरस सम्बन्धी प्रतिबन्धात्मक व्यवस्थाहरू हटाइएको छ ।

सरकारले यसअघि लागू गर्दै आएको सार्वजनिक स्वास्थ्य सङ्कटकाल हटाउने निर्णय भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

स्वास्थ्य मन्त्री मार्सेलो क्युरोगाले दुई वर्ष अगाडिदेखि लागू भइरहेको स्वास्थ्य सङ्कटकाल हटाइएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “हामीले इतिहासमै सबैभन्दा ठूलो खोप अभियान चलायौँ, धेरै मानिसले पूर्ण खोप लगाइसकेका छन्, त्यसैले हामीले प्रतिबन्धात्मक व्यवस्थाहरू हटाइएको हो ।”

महामारीको असर अहिले कम हुँदै गएकाले पनि अव प्रतिबन्धात्मक व्यवस्थाको आवश्यकता र औचित्य नभएको उहाँको भनाई छ । तर दैनिक नयाँ सङ्क्रमित र कोरोनाका कारण मृत्यु हुने क्रम भने नरोकिएको पनि उहाँले जानकारी दिनुभयो ।

सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ब्राजिलमा कोरोनाका कारण थप १९ जनाको मृत्यु भएको छ । योसँगै अहिलेसम्म कुल मृतकको सङ्ख्या छ लाख ६२ हजार ११ पुगेको छ । –रासस