
काठमाडौँ, ५ वैशाख । बलाधिकृत रथी श्री बाल कृष्ण कार्कीले एक विशेष समारोहका बीच शिवपुरीस्थित नेपाली सेनाको श्री सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सि.सं.२९
कमाण्ड तथा स्टाफ तालिमको शुभारम्भ गर्नु भएको छ ।
सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी श्री सन्तोष कुमार ढकालको स्वागत मन्तव्यसहित शुरु भएको उक्त कार्यक्रममा बलाधिकृत रथी कार्कीले तालिममा सहभागी शिक्षार्थी धिकृतहरुलाई सम्बोधन गर्नु हुँदै तालिमको सफलताको लागि शुभकामना दिनु भएको थियो ।
मध्यम तहका अधिकृतहरुको स्टाफ तथा नेतृत्व क्षमता विकास गर्न महत्वपूर्ण यस तालिममा नेपाली सेनाका तर्फबाट महिला अधिकृत ३ जना सहित ८० अधिकृतहरु लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट १र१ जना गरी ३ अधिकृतहरु तथा मित्रराष्ट्र श्रीलङ्का, केन्या, नाईजेरिया, पाकिस्तान, बंगलादेश, बेलायत, भारत, माल्दिभ्स र संयुक्त राज्य अमेरिकाका १ र १ जना गरी ९ विदेशी शिक्षार्थी अधिकृतसहित जम्मा ९२ जना अधिकृतहरु सहभागी छन् ।
वि.सं. २०४९ पौष १४ गते स्थापना भएको उक्त कलेजले वि.सं. २०५० भाद्र २० गतेदेखि १२ जना शिक्षार्थी अधिकृतहरु समावेश गरी पहिलो पटक कमाण्ड तथा स्टाफ तालिम सञ्चालन गरेको
थियो ।
हालसम्म नेपाली सेनाबाट १०४०, विभिन्न मित्रराष्ट्रहरुका ९९, नेपाल प्रहरीबाट १३, सशस्त्र प्रहरी बलबाट २५, राष्ट्रिय अनुसन्धान विभागबाट १६ र रक्षा मन्त्रालयबाट १ गरी जम्मा १,१९४
जना शिक्षार्थी अधिकृतहरु उक्त तालिमबाट दिक्षित भएका छन् ।
शुभारम्भ कार्यक्रममा, नेपाली सेनाका रथीवृन्दहरु, उक्त कलेजका पुर्व कमाण्डाण्टहरु, सशस्त्र प्रहरी बल नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाल प्रहरीका प्रतिनिधि, रक्षा मन्त्रालयका सह सचिव तथा मित्रराष्ट्रका सैनिक सहचारीहरुको उपस्थिति रहेको थियो ।
















प्रतिक्रिया