२ कार्तिक २०८३, सोमबार

तीन महिनामा गोहीले छ जनालाई खाएपछि…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

५ बैशाख । तान्जानियामा यो वर्ष सुरु भएपछिको पहिलो तीन महिनामा एक नदी छेउमा कम्तीमा छ जनालाई गोहीले खाएको छ ।यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार ती नागरिक यहाँको किबाहा जिल्लाको एक नदी किनारमा कामका सिलसिलमा पुगेका बेला नदी किनारमा उनीहरुलाई गोहीले आक्रमण गरेको हो ।

सो जिल्लाका प्रहरी अधिकारीले दिएको जानकारीअनुसार यसै वर्षको जनवरीदेखि मार्चसम्ममा ती नागरिकलाई गोहीले आक्रमण गरेको थियो ।यहाँको किमारासिले गाउँका प्रमुख सालुम बुंगोले त्यस गाउँका नागरिकलाई यसअघि पनि गोहीले आक्रमण गरी घाइते बनाउने गरेको थियो ।

बुंगोले आफ्ना बुबा पनि गोहीको आक्रमणमा परेको बताउनुभयो । उहाँले गोहीले आक्रमणमा परी मृत्यु भएका छजना मध्ये आफ्ना पिता पनि एक भएको बताउनुभयो । उहाँले यहाँका नागरिकले गोहीबाट हुने यस प्रकारको हमलाबाट सुृरक्षाका लागि सरकारसँग आग्रह गरिरहेका पनि जानकारी दिनुभयो ।-रासस