
काठमाडौं, ५ वैशाख । काठमाडौँ महानगरपालिका वडा नं ३० का वडा सदस्य निरजराज सत्यालको निधन भएको छ ।
विसं २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका वडा नं ३० को वडा सदस्यमा निर्वाचित सत्यालको आइतबार राति ९ बजे निधन भएको हो ।
उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । उनी काठमाडौँ क्षेत्र नं ४ को पूर्वक्षेत्रीय सदस्यसमेत थिए ।
उनको गए राति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।















प्रतिक्रिया