महेन्द्रनगर, ११ वैशाख । लोकतन्त्र दिवसको अवसर पारेर शुक्रबार भएको नवौं लोकतन्त्र दिवसको अवसरमा आयोजित विचार गोष्ठी एवं भेलाले भवराज रेग्मीको नेतृत्वमा १३ सदस्यीय जिल्ला नागरिक समाज कञ्चनपुरको नया कार्यसमिति चयन गरेकोे छ ।
उप संयोजकमा अधिवक्ता पुनम चन्द, सचिवमा कोमलनिरन्जन भाट, सह–सचिवमा प्रभुनिधि पन्त, कोषाध्यक्षमा मोहन ओड, सचिवालय सदस्यमा भगवती थापा, भुवन कुवर, नरेश शिलाल, हरिशचन्द्र भट्ट, अनिता ढुगांना, त्रिपुरेश्वरी भट्ट र सीता बोहरा चयन भएका छन् । यसैगरी लिलाध्वज वस्नेतको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति पनि चयन गरिएको छ ।
नवौं लोकतन्त्र दिवसको अवसरमा आयोजित विचार गोष्ठीमा भनाई राख्दै नागरिक अगुवा लिलाध्वज बस्नेतले नागरिक समाजले गलत गर्ने लाई खबरदारी गर्दै समाजको उन्नतिका लागी काम गर्नुपर्ने बताए ।
यसैगरी नागरिक अगुवा वलबहादुर डगौराले संविधान निर्माणको क्रममा विादास्पद रहेका भनिएका ५ जिल्लामा कञ्चनपुको नाम पनि आउने गरेका कारण कञ्चनपुर जिल्लाको नागरिक समाजले कञ्चनपुर जिल्ला संविधानको वाधक नरहेको स्पस्ट पार्न राजनीतिक दलहरुलाई दबाब दिनुपर्ने बताए ।
यसैगरी नागरिक अगुवा एवं स्वीट नेपालका अध्यक्ष कृष्णसिंह देउपाले नागरिक समाजले स्थानिय नागरिकका हक अधिकार सुनिश्चताका लागी नागरिक समाजले पहल गर्नुपर्ने बताए । नागरिक समाजका पुर्व संयोजक युवराज घिमिरेले नागरिक समाजले सबै मुद्दा भन्दा पनि विशेष र आवश्यक मुद्दाहरुको उठान गरी समाधान गर्नुपर्ने वताए ।
नागरिक समाज कञ्चनपुरका संयोजक नरवहादुर साउँदको अध्यक्षतामा सम्पन भएको कार्यक्रममा भेलाको उद्देश्यका बारेमा भवराज रेग्मीले प्रस्ट पारेका थिए । नागरिक समाज कञ्चनपुरका संयोजक नरवहादुर साउँदले आफ्नो संयोजकत्वमा रहेको कार्यकालमा गरेका कार्यहरुको प्रगति विवरण प्रस्तुत गरेका थिए ।
नागरिक समाज कञ्चनपुरको नया कार्यसमितिको पहिलो वैठकले कञ्चनपुर जिल्लाको समग्र विकासका लागी पहल गर्ने, मानवअधिकारको संरक्षण र सम्वद्र्धनका लागी पहल गर्ने र समयमै संविधान निर्माणका लागी राजनीतिक दल र संविधान सभालाई दबाब सिर्जना गर्ने निर्णय गरेको नागरिक समाज कञ्चनपुरका सचिव कोमलनिरन्जन भाटले बताए ।
















प्रतिक्रिया