
काठमाडौँ, ४ वैशाख । पछिल्लो २४ घण्टामा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७५० जनाको पीसीआर परीक्षणमा ११ जना र ७३९ जनाको एन्टीजेन परीक्षणमा १ जना गरी १२ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ३६ जना निको भएका छन् भने हाल देशभर ३७५ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ३६० जना होम आइसोलेसनमा रहेका छन् भने १५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ९ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत् छन् ।















प्रतिक्रिया