११ कार्तिक २०८३, बुधबार

शेयर बजार राताम्मे : २४ कम्पनीको मूल्य बढ्दा १६७ कम्पनीको घट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ वैशाख । साताको पहिलो दिन आइतवार शेयर बजारमा झण्डै ३० अंकको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक २९.६० अंकले घट्दै २ हजार ३८५.६४ विन्दुमा झरेको छ ।

यस दिन सेन्सेटिभ परिसूचक ५.१२ अंकले घट्दै ४५०.९७ विन्दुमा झरेको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०ले जनाएको छ । यस दिन २४ कम्पनीको शेयर मूल्य बढ्दा १६७ कम्पनीको घटेको छ भने ४ कम्पनीको स्थिर देखिएको छ ।

नेप्सेका अनुसार, आइतवार कुल २३३ कम्पनीको ३४ लाख ७ हजार २७२ कित्ता शेयर १ अर्ब ४४ करोड ७ लाख २३ हजार १८२ रुपैयाँ बराबरमा किनबेच भएको छ । यस दिन नेस्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढ्दै सकारात्मक सर्किट लागेको छ ।

यस दिन हिमालय उर्जा विकास कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले घट्दै नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आइतवार नेपाल टेलिकमको ४ करोड ९९ लाख ४७ हजार ३८१ रुपैयाँ बराबरमा किनबेच भएको छ ।