११ कार्तिक २०८३, बुधबार

अध्यक्ष ओली हुम्लामा, पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ४ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतवार बिहान हुम्ला पुगेका छन्।

आगामी वैशाख ३० गते हुने चुनावका लागि देश दौडाहामा रहेका उनी एमाले हुम्लाले आयोजना गरेको बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न पुगेका हुन्।

हुम्लाका विभिन्न क्षेत्रको अवलोकन गर्न अध्यक्ष ओली आइतबार बिहान हुम्ला पुगेका हुन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीलाई सिमकोट विमानस्थलमा हुम्लाका प्रमुख जिल्ला अधिकारी सीता परियार, एमाले स्थायी कमिटी सदस्य गोरखबहादुर बोगटी र केन्द्रीय सदस्य दल रावल लगायतले स्वागत गरे।

अहिले अध्यक्ष ओलीले सदरमुकाम सिमकोटमा आयोजना हुने बृहत् जनसभालाई सम्बोधन गर्दैछन् ।