२ कार्तिक २०८३, सोमबार

संयुक्त राष्ट्रसंघ प्रमुखद्वारा नयाँ आईएमएफ ट्रस्ट गठनको स्वागत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

संयुक्त राष्ट्रसङ्घ, ४ बैशाख । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससले शनिबार अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले लचिलोपन र दिगोपन कोष (आरएसटी) गठन गरेकामा स्वागत गर्नुभएको उहाँका प्रवक्ताले बताउनु भएको छ।

महासचिव गुटेरेसले आइएफ प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभा र कार्यकारी बोर्डलाई मे १ देखि लागू हुने नयाँ राएसटी अनुमोदन गरेकामा बधाइ समेत व्यक्त गर्नुभएको छ।

आरएसटीले विकासोन्मुख देशहरू र कमजोर मध्यम आय भएका देशहरूलाई जलवायु परिवर्तन र लामो समयसम्म चल्ने कोभिड-१९ महामारी जस्ता समस्याहरूलाई सम्बोधन गर्न मद्दत गर्नेछ । साथै भविष्यमा देखापर्न सक्ने यस्ता समस्याहरूसँग जुध्न सहयोग गर्नेछ, विज्ञप्तिमा भनिएको छ।

हामीले वर्तमान त्रि-आयामिक सङ्कटलाई मात्रै सम्बोधन गर्ने होइन तर दिगो विकास लक्ष्यहरूलाई बचाउने आशा कायम राख्ने हो भने दीर्घकालीन परिप्रेक्ष्यको आवश्यकता छ, विज्ञप्तिमा थपिएको छ । –रासस