
जुम्ला, ४ वैशाख । जुम्लामा प्रहरीले चरेससहित दुई जना पक्राउ परेका छन् । जुम्ला तातोपानी ५ का १९ वर्षीय टेकेन्द्र नेपाली र तिला ७ स्थायी वतन भई चन्दननाथ ५ राजासिम बस्ने ३२ वर्षीय हरिबहादुर रोकायालाई प्रहरीले पक्राउ गरेको हो ।
अदालतबाट म्याद थप गरेर उनीहरूको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । पछिल्लो समयमा लागूऔषध कारोबार र सेवन गर्नेको संख्या बढिरहेको प्रहरीले जनाएको छ ।














प्रतिक्रिया