११ कार्तिक २०८३, बुधबार

२४ घण्टामा ३२ ठाउँमा आगलागी, एकको मृत्यु, पाँच घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, ३ वैशाख । गर्मी बढेसँगै आगलागीका घटनामा समेत वृद्धि हुन थालेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा मुलुकका विभिन्न जिल्लाका ३२ स्थानमा आगलागी भएको छ ।

प्राधिकरणले आज जारी गरेको सूचनाअनुसार ती आगलागीमा परेर एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । आगलागीमा परी सप्तरीको बोदेबरसाइन नगरपालिका–१० स्थित अमरैयाका दुई घरमा आगलागी भएको र त्यहाँ एक पाँच वर्षका बालकको जलेर मृत्यु भएको जनाइएको छ ।

यस्तै रौतहट र पर्सामा आगलागीमा परेर पाँच जना घाइते भएका प्राधिकरणले जनाएको छ । ती अगलागीका घटनामा झण्डै रु दुई करोडको क्षति भएको छ ।
–रासस