७ कार्तिक २०८३, शनिबार

मधेसको मुद्दा सम्बोधन गर्न तयार छौँः अध्यक्ष ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मलङ्गवा, ३ वैशाख । नेकपा(एमाले)का अध्यक्ष केपी शर्माले मधेसको मुद्दा सम्बोधन गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् ।

सर्लाही सदरमुकाम मलङ्गवाास्थित कभर्ड हलमा एमाले सर्लाहीद्वारा आज आयोजित कार्यक्रममा उनले भने, “मधेसको मुद्दा सम्बोधन गर्ने काम एमाले तयार छ ।”

नागरिकताको समस्या भोगिरहेका जनताका लागि नागरिकता विधेयक एमाले सरकारले ल्याए पनि पारित हुन नसकेको उनको भनाइ छ । उनले आगामी दिनमा आफ्नो पार्टीले मधेसी जनताका समस्या सम्बोधन गर्ने बाचासमेत गरे ।