१२ कार्तिक २०८३, बिहिबार

धार्मिक पर्यटनबाट देशको विकास सम्भव छ : मुख्यमन्त्री पोखरेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कावासोती, ३ वैशाख ।गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले धार्मिक पर्यटनबाट नै देश विकास सम्भव रहेको बताउनुभएको छ ।

आज नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट–९ थुम्सीस्थित हनुमान मन्दिरमा आयोजना गरिएको विराट ज्ञान महायज्ञ समापन कार्यक्रममा उहाँले धार्मिक पर्यटनका हिसाबले गण्डकी प्रदेश धनी रहेको बताउँदै यहाँका धार्मिकस्थलको विकासका लागि प्रदेश सरकार सदैव अग्रसर रहेको बताउनुभयो ।

उहाँले पवित्र धार्मिक तथा पर्यटकीयस्थल मुक्तिनाथ, त्रिवेणीधामसमेत गण्डकी प्रदेशमा रहनुले यहाँको आर्थिक विकासमा ठूलो टेवा पुगेको जिकिर गर्नुभयो ।

उहाँले भारत र चीन जोड्ने धार्मिक भूमि नै नेपाल भएकाले धार्मिक पर्यटनले देश विकासमा टेवा पुग्नेमा समेत जोड दिनुभयो । उहाँले प्रदेशभित्र रहेका धार्मिक क्षेत्र गजेन्द्र मोक्षधाम, मुक्तिनाथ र देवघाटधामले विषेश महत्व राख्ने हुँदा यी क्षेत्रको विकासमा विशेष प्राथमिकता दिएर अगाडि बढ्ने मुख्यमन्त्री नेपालीले बताउनुभयो ।

हनुमान मन्दिर चक्रघाट समितिका अध्यक्ष एवं महायज्ञ मूल आयोजक समितिका संयोजक टीकाराम सापकोटाले शिखर खजुराव शैलीको नेपालकै पहिलो, भव्य र कलात्मक मन्दिर रहेको दाबी गर्दै पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न गुरुयोजनाअनुसार काम गर्ने बताउनुभयो ।

नेपालको मध्यभागमा रहेको यस मन्दिर पूर्वपश्चिम भएर यात्रा गर्नेहरूका लागि पायक पर्ने स्थानमा समेत रहको हुँदा यस क्षेत्रको प्रचारप्रसारसँगै मन्दिरले यस क्षेत्रको विकासमा समेत टेवा पु¥याउने उहाँको भनाइ छ ।

सङ्कटमोचन हनुमानको दिव्य मूर्ति, कलाकारिताले परिपूर्ण मन्दिरको बाहिरी पाटो, शिखर खजुराव शैलीको गुम्बज, काष्ठकलाका कलात्मक झ्यालढोका, रामदरबार, साना गुम्बज आकारका मार्बल रेलिङ, मार्बलको आँखीझ्याल, सिँढी तथा आकर्षक विद्युत व्यवस्थापन र रङरोगन यस मन्दिरका दर्शनीय पक्षहरू रहेको उहाँले बताउनुभयो ।

विसं २०४२ देखि पूजाअर्चना गरिँदै आएकामा हाल ४२ फिट लम्बाइ, ४२ फिट चौडाइ र ६३ फिट उचाइ भएको मन्दिर निर्माण गरिएको जानकारी दिनुभयो । चैत २७ गते रामनवमीदेखी सुरु भएको महायज्ञ आज समापन भएको छ ।–रासस