११ कार्तिक २०८३, बुधबार

फुट्दै गठबन्धन, कहाँ-कहाँ हुँदैछ अवज्ञा ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ वैशाख । शीर्ष नेतृत्व तहमा एमालेले जित्न सक्ने र आफूहरुको पराजयको भयले बनेको सत्ता गठबन्धन टुट्ने क्रम तीव्र हुन थालेको छ ।

गठबन्धनका ५ दलले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा केन्द्रमा तालमेल गर्ने निर्णय भए पनि विभिन्न क्षेत्र विशेषमा विभिन्न पार्टीबाट विरोध हुन थालेको छ ।

विशेषगरी नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्षले चुनावी तालमेलको विरोध गर्दै आइरहेको छ ।

अन्य पार्टीकाले पनि विचार नमिल्नेसँग भएको चुनावी गठबन्धनलाई जतनाले विश्वास नगर्ने र पराजय नै भोग्नुपर्ने बताउँदै आएका छन् ।

यही क्रममा कांग्रेसको जिल्ला समिति पर्साले गठबन्धन अस्वीकार गर्ने निर्णय गरिसकेको छ । त्यस्तै, चितवनको भरतपुर महानगरका कांग्रेस वडासभापतिहरुले पनि गठबन्धन नमान्ने निर्णय गरिसकेको छ । यो क्रम त्यतिमा मात्र सिमित भएन । जनकपुरमा पनि कांग्रेसले नगर्ने निर्णय गरेको छ । कांग्रेस जनकपुरधाम उपमहानगरपालिकाले निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने जनाएको छ । उसले त्यस क्षेत्रमा एक्लै निर्वाचन लड्ने तयारी गरेको हो ।

२०७४ सालको निर्वाचनमा यहाँ तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट लालकिशोर साह २१ हजार ९०३ मत ल्याएर निर्वाचित भएका थिए भने प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार मनोज साहले ११ हजार १६४ मत प्राप्त गरेका थिए ।

मेयरमा निर्वाचित साह अहिले जसपामा छन् । र, उहाँलाई नै पुनः मेयरको उम्मेदबार बनाउन जसपाले लबिङ् गरिरहेको छ । तर कांग्रेसले भने एक्लै निर्वाचन लड्ने जनाएको छ ।

नगर सभापति मनोज साह उपमहानगरपालिकाको २५ वटै वडाले पनि गठबन्धन गर्न नहुनेमा जोड् दिएको जनाएका हुन् ।

यसरी देशका विभिन्न महत्वपूर्ण स्थानमा गठबन्धनका दलहरुबीच कुरा मिल्न सकेको देखिँदैन । त्यसैगरी, कांग्रेसले एकीकृत समाजवादीलाई महानगर नदिने गरी छलफल चलाइरहेको छ ।