४ कार्तिक २०८३, बुधबार

विदेशिएका ४ सय कामदार कर्मचारीलाई कारबाही

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

lalbabu-panditकाठमाडौँ, ११ वैशाख । पढ्ने वहानामा विदेश गएर काम गर्ने एक हजार ४०० कर्मचारीलाई कारबाही गरिएको छ ।

बोष्टर मिडियाबाट प्रकाशित हुने राष्ट्रिय खबर डटकमको पहिलो वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘प्रशासन क्षेत्रमा देखिएको भ्रष्टाचार’ विषयक अन्तक्र्रियामा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले पढ्ने वहानामा विदेशिएर काम गर्ने कर्मचारीलाई कारबाही गरिएको बताउनुभयो ।

उहाँले निजी स्वार्थका लागि देशलाई ठग्ने प्रवृत्ति भएकाले यसलाई निरुत्साह गरी देशको आवश्यकताअनुसारको प्रशासनमा सुधार ल्याउन लागेको स्पष्ट पार्नुभयो ।

मन्त्री पण्डितले भ्रष्टाचार गरिब जनताबाट नभएर पढेलेखेका र आफूलाई जान्नेमान्ने भन्नेहरुले गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मुगुको कुनै गाउँको जनता र खाडी मुलुकमा पुगेका युवाको कारणले नेपाल नबनेको होइन्, आफूलाई जान्नेमान्ने ठान्नेहरुका कारण नेपाल पछि परेको होे ।” मन्त्री पण्डितले प्रशासनभित्र परिवर्तनको कुरा उठाएपछि भ्रष्टाचार गर्न पल्केकाहरु आफ्नो विपक्षमा लागेको बताउनुभयो ।

सभासद् गीता राणाले विकास समानुपातिक तवरले अगाडि बढे भ्रष्टाचार नियन्त्रण हुने भन्दै कर्मचारीको तलब, सेवा, सुविधाको विस्तार गरेमा भ्रष्टाचार कम गर्न सकिने धारणा राख्नु भयो ।

मानवअधिकारकर्मी चरण प्रसार्इंले राजनीति र प्रशासनिक दुवै क्षेत्रमा भ्रष्टाचार हुने गरेको भन्दै भ्रष्टाचार गर्नेलाई कडा कानुनी दायरा ल्याउनु पर्ने विचार राख्नु भयो ।

कार्यक्रममा नेपाल प्रेस काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्की, हास्य कलाकार श्रीकृष्ण सिम्खडा, पत्रकार ऋषि धमलालगायतले भ्रष्टाचार कम गर्न उच्च तह नै सर्तक हुनुपर्ने बताउनुयो ।